प्रकृति संरक्षण कोष अन्नपूर्ण सरक्षण क्षेत्र ल्वाङ्गको ३७ औं वार्षिकोत्सव

पोखरा । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङ्ग कास्कीको ३७औं वार्षिकोत्सव तथा संरक्षण दिवस मनाइएको छ । “समृद्धिका लागि संरक्षण” भन्ने मूल नारामा साथ वार्षिकोत्सव तथा संरक्षण दिवस मनाइएको हो ।

उक्त अवसरमा अन्तर मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । जसमा उदय मावि धम्पुस प्रथम, माछापुच्छ्रे मावि भुर्जुङखोला द्धितीय, बराह मावि भिडावारी तृतीय र निष्पक्ष मावि रिभानले सान्त्वना स्थान हांसिल गरेको छ । प्रतियोगितामा विजयी विद्यालय र विद्यार्थीलाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो ।

यस्तै, अन्तर आधारभूत विद्यालय कक्षा ६ देखि ८ का विद्यार्थी बीच भएको चित्रकला प्रतियोगितामा निष्पक्ष माविका संघर्ष गुरुङ प्रथम, बमबहादुर घलेल आधारभूत विद्यालयका जीवन विक द्धितीय, तारे बराह आधारभूत विद्यालयका सरोज दाहाल तृतीय र सरस्वती आधारभूल विद्यालयका सुशान्त तामाङले सान्त्वना स्थान हासिल गर्दै नगद पुरस्कारसहित पुरस्कृत भए ।

यसैगरी अन्तर वडा स्तरीय महिला समूह सांस्कृतिक नृत्य प्रतियोगितातर्फ वडा नं. २ महिला समूह प्रथम, वडा नं. ८ महिला समूह द्धितीय, वडा नं. ३ महिला समूह तृतीय र वडा नं. ७ महिला समूहले सान्त्वना स्थान हासिल गर्दै नगदसहित पुरस्कृत भएका छन् ।

यता, अन्तर कृषक फलफूल प्रदर्शनी प्रतियोगितामा रिकेश रानाभाट प्रथम, चित्रलाल अधिकारी द्धितीय, देवीलाल शर्मा तृतीय र मनपति अधिकारीले सान्त्वना स्थान हासिल गर्दै नगद पुरस्कार प्राप्त गरेका थिए ।

यस्तै, कृषक तरकारी बाली प्रदर्शनी प्रतियोगितामा पूर्णलाल अधिकारी प्रथम, मनपति अधिकारी द्धितीय, वीरबहादुर नेपाली तृतीय र अमृत कुमारले सान्त्वना स्थान हासिल गर्दै नगद पुरस्का जितेका छन् ।

सोही अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधिको टोलीले आयोजकको टिमलाई पराजित गरेको थियो ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले समृद्ध माछापुच्छ्रेको सपनालाई पूर्णता दिन संरक्षण क्षेत्र र स्थानीय सरकार सञ्चालन ऐन बीच बाझिएका केही कानून, निर्देशिका र नियमावलीलाई सच्चाउन अवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय पोखराका डा. रविन कडरिया, माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी, अनुगमन तथा मूल्यांकन संयुक्त समितिका अध्यक्ष दलबहादुर गुरुङ, सरक्षण क्षेत्र आयोजना इलाका सरक्षण कार्यालय ल्वाङ्गका प्रमुख लेखनाथ गौतम, संरक्षण क्षेत्र व्यवस्थापन समिति घाचोकका अध्यक्ष रविलाल पोखरेल, वडा नं. १ का अध्यक्ष ईन्द्र गुरुङ लगायतले बोलेका थिए ।

संरक्षण क्षेत्र व्यवस्थापन समिति लाहाचोकका अध्यक्ष पूर्णबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षण क्षेत्र व्यस्थापन समिति सदस्य कृष्णप्रसाद अधिकारीले स्वागत र संरक्षण क्षेत्र व्यवस्थापन समिति लाहाचोकका सचिव अनिश बस्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button