पोखरामा गाईलाई ठक्कर दिएर भागेका बस चालक पक्राउ, चलाइयो मुद्धा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा गाईलाई ठक्कर दिएर भागेका सवारी चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नं. ३ का वर्ष २८ का रोशन ठकुरी रहेका छन् ।

पोखरादेखि काठमाडौंतर्फ जाँदै गरेको ना५ख २११३ नम्बरको यात्रुवाहक बसले पोखरा महानगरपालिका वडा नं. १० औद्योगिक क्षेत्रस्थित पृथ्वी राजमार्गमा बाटोमा हिँडिरहेको गाईलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गाई घटनास्थलमै मरेको थियो । गाईलाई ठक्कर दिएर भागेको बस र चालक ठकुरीलाई
तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वड नं.५ बेलचौताराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ठकुरीविरुद्ध पशुपंक्षी सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button