लेकसाइडका डान्सबारमा ग्राहकबाट बढी बिल उठाएर ठगी, म्यानेजर र कर्मचारी पक्राउ

  • पोखरा न्यूज
  • २०८० मंसिर २५
लेकसाइडका डान्सबारमा ग्राहकबाट बढी बिल उठाएर ठगी, म्यानेजर र कर्मचारी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले डान्सबारमा आएका ग्राहकबाट बढी बिल उठाएर गठी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा ड्रागन डान्स बारका म्यानेजर पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा बस्ने २५ वर्षीय सागर गुरुङ र सेभेन स्टार डान्स बारका कर्मचारी २० वर्षीय प्रबिण खड्का रहेका छन् ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले बढी बिल उठाउने मनसायले मादक पदार्थ सेवन गर्न लगाउने गरेका थिए ।

उनका अनुसार उनीहरु दुवै जनालाई अभद्र व्यवहार मुद्धामा साथ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस