कामना सेवा विकास बैंकको ‘फाइभ इन वान’ सेवा

पोखरा । कामना सेवा विकास बैंकले ‘फाइभ इन वान’ सेवा सार्वजनिक गरेको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो फाईनान्स सर्भिससँग सम्झौता गरेर यो सेवा ल्याएको हो ।

अब बैंकका ग्राहकहरुले ‘फाइभ इन वान’ मा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता (टिएमएस), सि–आस्वा र मेरो सेयर एकै सेवा प्राप्त गर्ने सक्नेछन् ।

उक्त सेवामार्फत् ग्राहकले सरलरुपमा सेयर कारोबार गर्न पाउने बैंकको विश्वास छ ।

बैंकको काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको छ भने देशभर १३५ शाखामार्फत सेवा प्रवाह गर्दै आएको छ ।

यस्तै, २१ शाखारहित र ७७ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रवाह गर्दै आएको बैंकले जनाएको छ ।

यसैगरी एबीबीएस, एसएमएस र मोवाइल बैंकिङ, सिआस्वा लगायतका माध्यमबाटसमेत सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button