भलामको हरिहर गुफामा सन्यास आश्रम परिसरमा शतबीज छरियो

  • पोखरा न्यूज
  • २०८० मंसिर २६
भलामको हरिहर गुफामा सन्यास आश्रम परिसरमा शतबीज छरियो

|फाइल तस्वीर

पोखरा । पोखरा महानगरपालिका वडा नं. २० भलामस्थित हरिहर गुफामा सन्यास आश्रम परिसरमा शतबीज छरेर बालातुर्दशी पर्व मनाइएको छ ।

पोखरा-२० को वडा कार्यालय, श्रृंखला युवा क्लव, महेन्द्र माविका स्काउट विद्यार्थीहरू लगायतको सहकार्य रहेको मेला सम्पन्न भएको हो ।

मेलामा विभिन्न समूहले भजन तथा नृत्य प्रस्तुत गरेका थिए । मेलामा अघिल्ला वर्षहरूमा भन्दा बढी दर्शकहरूको सहभागिता थियो ।

भक्तजनको ओइरो लाग्दा आयोजकलाई व्यवस्थापनमासमेत समस्या भएको थियो ।

आश्रमका पीठाधीश स्वामी आत्मानन्द गिरीजी महाराजको सान्निध्यतामा भएको मेलामा स्थानीय हरिहर आमा समूहले नौमती बाजासहित तोरणको डोली भित्र्याएको थियो ।

मेलामा टाढाटाढाबाट सयौं भक्तजन आएर शतबीज गरेका थिए । शतबीज छर्ने कार्य साँझसम्म पनि चलेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस