लामाचौरबाट अवैध काठसहित जीप र चालक प्रहरी नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध काठसहित जीप र चालकलाई नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान करिब ४ बजे पुरुन्चौरबाट पोखरातर्फ आउँदै गरेको ग३च ५८०३ नम्बरको जीपलाई अकला मन्दिर नजिकै चेकजाँच गर्नेक्रममा जीप भित्र २८० साथ चिरुवा काठ (फलेक) फेला परेको थियो ।

काठका सम्बन्धी कुनै पनि कागजात नभएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जीपक चालक माछापुच्छ्रे गाउँपालिका वडा नं. २ भुर्जुङ खोलाका ३२ वर्षका अनिष विक, काठ र जीपसमेत नियन्त्रणमा लिएर थप अनुसन्धान र कार्वाहीका लागि डिभिजन वन कार्यालय बगरमा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button