प्राकृतिक स्रोत दोहन गर्ने ५६ वटा सवारी नियन्त्रण, आन्दोलनको चेतावनी

  • पोखरा न्यूज
  • २०८० मंसिर २६
प्राकृतिक स्रोत दोहन गर्ने ५६ वटा सवारी नियन्त्रण, आन्दोलनको चेतावनी

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैधरुपमा प्राकृतिक स्रोत दोहन गरेको आरोपमा ५६ वटा सवारीसाधन नियन्त्रणमा लिएर पोखरा महानगरपालिकालाई बुझाएको छ । जनगुनासो र सूचनाका आधारमा ती सवारी नियन्त्रणमा लिएर महानगरलाई बुझाएको प्रहरीले जनाएको छ ।
कास्कीका विभिन्न स्थानमा प्राकृतिक नीदजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिलसमेत बनाई चोरी निकासी भइरहेको भन्ने स्थानीयको जनगुनासो तथा सूचना प्रहरी समक्ष पुगेको र सोही गुनासोका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले आज ५६ वटा सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार अवैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा, ओसार–पसार गर्ने, भ्याट बिल नभएका, कागजपत्र नभएका, फर्जिबिल बनाएका विभिन्न ५६ वटा सवारी साधनहरु (ट्रक, टिप्पर, ट्याक्टर) लाई नियन्त्रणमा लिइएको हो । यस्ता सवारीलाई नियन्त्रण गर्ने कार्य निरन्तर चलिरहने प्रहरीले जनाएको छ ।

यता, ट्रक, टिप्पर, ट्याक्टर धनीहरुलेले आन्दोलनको चेतावनी दिएका छन् । आफूहरुको सवारी साधन विनासर्त नछाडिएर कडा आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । उनीहरुले महानगरपालिकाको कार्यालय अगाडि न्यूरोडमा सवारी तेर्साएर आन्दोलन गरेका छन् ।

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस