भावनाले दिइन् राजीनामा

पोखरा । पोखरा महानगरपालिका न्यायिक समितिकी सदस्य भावना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । आर्थिक लेनदेनको विषय विवादमा परेपछि उनले पदबाट राजीनामा दिएको बताइएको छ ।

श्रेष्ठले महानगरको न्यायिक समितिमा विचराधीन मुद्धा मिलाइदिने भन्दै घुस लिएको आरोप छ । श्रेष्ठले म्यासेञ्जरबाट राजीनामा पत्र पठाएको न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।

‘शुक्रबार समाचार सार्वजनिक भएको खबर पाए । उहाँले शनिबार म्यासेन्जरमा राजीनामा पत्र पठाउनुभएको रहेछ’, गुरुङले भनिन् ।

पोखरा-२६ मा स्थानीयको घडेरी विवादलाई मिलाइदिने भन्दै श्रेष्ठले २ लाख रुपैयाको चेक लिएको सार्वजनिक भएको थियो ।

श्रेष्ठ अघिल्लो वर्ष भएको स्थानीय तहको निर्वाचनमा पोखरा-९ को वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button