स्याङ्जामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना घाइते

पोखरा । स्याङ्जामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा पाल्पाको रामपुर नगरपालिका वडा नं.४ का २० वर्षीय विपन दर्जी र रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.३ का ४७ वर्षीय कीर्तिनीधि खड्का रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी ईन्द्रबहादुर रानाले जानकारी दिए ।

घाइते दुवैको चापाकोट अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ ।

मंगलबार दिउँसो चापाकोट नगरपालिका वडा नं. १० को किसान पक्की सडक खण्डमा लु२०प ७६३४ नम्बरको र लु८९प ६१९० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button