पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले स्कूटर चोरी गरेको आरोपमा एक जनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा धादिङ नीलकण्ठ नगरपालिका वडा नं.६ घर भइ पोखरा महानगरपालिका वडा नं. ८ बस्ने वर्ष १८ को अविनाश थापा मगर रहेका छन् ।
प्रहरीका अनुसार मंसिर १६ गते राति करिब ८ बजे मुस्ताङचोकस्थित भित्रि सडकमा पार्किङ गरिराखेको ग१५प २५१९ नम्बरको स्कूटर चोरी भएको थियो ।
स्कूटर चोरी भएको सूचना पाएपछि वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजी गर्नेक्रममा सोमबार नागढुंगामा स्कूटर फेला परेको हो । स्कूटर अविनाशले चलाइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अविनाश विरुद्ध अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले केही दिनअघि मात्रै दुईवटा स्कूटर चोरी गरेको आरोपमा एक बालकलाई पक्राउ गरेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution