सवारी ज्यान मुद्दामा फरार व्यक्ति १९ वर्षपछि पक्राउ

सिन्धुपाल्चोक । सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन् ।

इलाका प्रहरी बाह्रबिसेकाअनुसार सवारी दुर्घटनापछि घटनास्थलबाट भागेका चौतारा साँगाचोकगढी नगरपालिका-१० बस्ने ५१ वर्षका पृथ्वीबहादुर खड्का समातिएका हुन् ।

२०६१ वैशाख २५ मा दिउँसो सुनकोसी गाउँपालिकाको थुम्पाखरक्षेत्रमा पर्ने ११ किलो लामोसाँघु जिरी सडकखण्डमा खड्काले चलाएको बस दुर्घटना भएको थियो ।

ना १ ख ९०४५ नम्बरको बस दुर्घटना हुँदा रामेछाप टोकरपुरका १९ वर्षीय रमेश पाठकको मृत्यु भएको थियो ।

मृत्युको खबरसहित घटना भएलगत्तै वारदातपश्चात् खड्का फरार रहेको इप्रका बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले बताए ।

सोमबार आफ्नै घरमा लुकिछिपी बसेको सूचनाको आधारमा प्रतिवादी खड्कालाई इलाका प्रहरी बाह्रबिसेबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
‘पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाइएको छ, यसबारे थप अनुसन्धान भइरहेको छ, १९ वर्षपछि विशेष सूचनाबाट समातिएको छ,’ उनले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button