पोखराको दोहोरी साँझमा आगलागी, रु.६० लाख बराबरको क्षति

पोखरा । पोखराको सृजनाचोकस्थित एक दोहोरी साँझमा आगलागी भएको छ ।

पोखरा महानगरपालिका वडा नं. ८ सिर्जनाचोकस्थित नैना दोहोरी साँझमा बुधबार बिहान करिब ६ः३० बजे आगलागी भएको हो ।

विद्युत सर्ट भएर आगलागी भएको थियो । उक्त आगोलाई स्थानीयवासी, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगो नियन्त्रणका लागि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक नेत्रबहादुर कुंँवरको कमाण्डमा १५ जना प्रहरी खटिएका थिए ।

आगलागीबाट ५० हजार रुपैयाँ नगद, एसीहरु, कम्प्युटर, सीसी क्यामेरा, साउण्ड सिस्टम, फ्रिज, ग्यास गिजर, टिभि, सोफा लगायतका सामानहरू जलेर नष्ट भएका छन् । आगलागीबाट करि ६० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

भवनको तेश्रो तल्लामा रहेको दोहोरी साँझमा आगलागी भएपनि घरमै रहेका अन्य कार्यालय तथा पसलहरु सुरक्षित रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button