पत्रकारद्वय अधिकारी र बराललाई आर्थिक पत्रकारिता पुरस्कार

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय टंकराज अधिकारी र दीनानाथ बराल पुरस्कृत हुने भएका छन् ।

महासंघको आज सम्पन्न कार्यसमितिको बैठकले पत्रकारद्वय अधिकारी र बराललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

पत्रकार अधिकारी २०७८ बाट नेपाल समाचारपत्रमा कार्यरत छन् भने बराल २०७९ बाट कारोबार दैनिकमा कार्यरत छन् ।

अधिकारी नेपाल प्रेस युनियन गण्डकीका अध्यक्ष हुन् भने बराल नेपाल खेलकूद पत्रकार संघ गण्डकीका अध्यक्ष हुन् ।

पुरस्कारको राशि नगद २० हजार, दोसल्ला र सम्मानपत्र रहेको महासंघ कास्कीका सचिव माधव बरालले जानकारी दिए ।

उनीहरुलाई आगामी पुस ४ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सम्मान गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button