
पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई पोखरा-५, मालेपाटनस्थित शान्ति निकेतन स्कूलले सहयोग गर्ने भएको छ ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणमा शान्ति निकेतन स्कूलले साथ दिने भएको हो ।
प्रत्यक्ष रुपमा खेलाडी तथा विधार्थीको जीवनसँगसमेत जोडिएको विषय खेल क्षेत्र भएकाले म्याराथनमा विद्यालयकोसमेत सहभागिता रहने भएको छ ।
विद्यालयका प्रिन्सिपल महेश्वर पराजुलीले सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा जोडिन पाउनु खुसीको कुरा भएको बताए ।
खेलकुदको माध्ययमबाट विद्यार्थीहरुमा शारीरिक एवं मानसिक विकास गर्ने कुरामा विद्यालय प्रतिवद्ध रहेको उनले बताए ।
म्याराथनका लागि मञ्चले तयारीलाई तीव्रता दिएको छ ।
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले प्रतियोगिता पोखराको मात्र नभई देशकै ठूलो इभेन्टको रुपमा रहँदै आएको बताए ।
उनले म्याराथनमा विद्यालयहरुलाईसमेत जोड्ने योजनाअनुरुप आफूहरु विधालयस्तरमा पुगिरहेको जानकारी दिए ।





