गोली लागेर एक युवकको मृत्यु

  • पोखरा न्यूज
  • २०८० मंसिर २८
Post Thumbnail

बारा । बारामा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर घाइते भएका अन्दाजी २४/२५ वर्षका लक्ष्मी मुखियाको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।


पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस