
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले आज दिउँसो सेती नदी आसपासमा नजान आग्रह गरेको छ ।
प्रहरीले बुधबार सूचना जारी गर्दै आज दिउँसो १२ बजेदेखि ४ बजेसम्म सेती नदी आसपास नजान आग्रह गरेको हो ।
सेती नदीको दीपस्थित बाँध खोलिने भएकाले त्यस भन्दा तलका नागरिकलाई सचेत रहन र नदी आसपासमा नजान प्रहरीले आग्रह गरेको छ ।
मंसिर २५ गते मणिपाल शिक्षण अस्पतालबाट हराएका तनहुँका संगम मिश्रको खोजी गर्न सेती नदीको बाँध खोलिने प्रहरीले जनाएको छ ।
मंसिर २५ गते साँझ ६ः३० बजे मणिपालमा उपचार गर्न पुगेका तनहुँ घर भइ हाल लामाचौर बस्दै आएका १९ वर्षका संगम मिश्र बेपत्ता भएका थिए ।
उनको खोजी गनेक्रममा सेती नदीमाथिको झोलुंगेपुलमा उनको कपडा र परिचयपत्र भेटिएको थियो । उनी सेती नदीमा हराएको आशंकामा प्रहरीले बाँध खोलेर खोजी गर्न लागेको हो ।
कास्की प्रहरीको सूचना






