पोखरा । हाल गण्डकी प्रदेश राजधानी पोखराको मौसम धुम्म रहेको छ । साथै बिहान देशैभर भइरहे पनि तत्काललाई वर्षाको सम्भावना भने छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा बिहान बेलुका मौसम धुम्मिरहेको छ भने दिउँसो घाम–बादल भइरहेको छ । दिउँसो केहीबेर घाम लाग्ने र केहीबेर बादल लाग्ने भइरहेको हो । मौसम पूर्णरुपमा खुलेको छैन ।
आज, भोलि शुक्रबार र पर्सि शनिबारको मौसम पनि यस्तै रहने बताइन्छ । हाल देशका धेरै ठाउँमा हिजोअस्तिको जस्तै गरी हुस्सुकुहिरो लागेको छ । पहाडी क्षेत्रमा लागेको हुस्सुकुहिरो केहीबेरमा हटेर घाम लाग्ने सम्भावना छ । तर तराईका जिल्लामा भने दिउँसोपछि मात्रै हुस्सुकुहिरो हट्ने अनुमान छ ।
नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको छ । यसकै कारण मौसम बदली भइरहेको छ । मौसम बदली भइरहे पनि तत्काललाई पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हिजो पाँचथरमा हल्का वर्षा भएको थियो । देशका अधिकांश ठाउँमा न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले चिसो बढ्दो छ । चिसोबाट बच्न र सुरक्षित रहन महाशाखाले अनुरोध गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution