पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेको जानकारी दिएको छ ।
महासंघले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा २ हजार ८ सयले मूल्य बढेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, १ लाख १८ हजार २ सय ५० रुपैयाँ कायम छ ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार र तेजाबी सुनको मूल्य १ लाख १५ हजार ४ सय ५० रुपैयाँ कायम थियो ।
सुनको मूल्य बढेको दिन आज चाँदीको पनि बढेको छ । महासंघले चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेर कारोबारमा आएको जानकारी दिएको छ ।
हिजो चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँ प्रतितोला थियो । जुन, आज १ हजार ४ सय ५५ रुपैयाँ कायम भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution