गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रे । काभ्रेमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा पनौती नगरपालिका वडा नं. १२ का अन्दाजी ३४ वर्षीय रूपक खत्री रहेका छन् ।

बिहीबार बिहान साढे ८ बजे पाँचखाल नगरपालिका वडा नं. ६ हनुमानगढीस्थित अरनीको राजमार्गमा बा८७प ६४१ नम्बरको मोटरसाइकलले बसलाई ओभरटेक गर्नेक्रममा विपरीत दिशाबाट आएको प्र.३-०१-००५ ख ९७०३ नम्बरको डिब्बा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा खत्रीको ज्यान गएपछि स्थानीयले सडक समेत अवरूद्ध गरेका थिए । प्रहरीले घटनास्थलको मुचुल्का गरिरहेको कार्यालयले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button