नेपालले विश्वकप खेल्न सक्ने खेल क्रिकेट नै हो : केसी

पोखरा । पोखरास्थित केसी ग्रुपका निर्देशक बन्दना कार्की केसीले पछिल्लो समय नेपालमा क्रिकेट खेलको लोकप्रियता निकै माथि पुगेको बताएकी छन् । क्रिकेटमा नेपालको ठूलो सम्भावना देखाएको उनले औंल्याइन् ।

प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा जारी गण्डकी प्रदेश प्रधानमन्त्री कप महिला टि-२० क्रिकेटको छनोट प्रतियोगिता हेर्न बिहीबार रंगशाला पुगेकी कार्कीले नेपालले विश्वकप खेल्न सक्ने खेल क्रिकेट नै भएको दावी गरिन् ।

नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने लक्ष्यका साथ यो क्षेत्रमा लागेका खेलाडीलाई शुभकामना व्यक्त गर्दै उनले लक्ष्यसम्म पुग्न धैर्यता र निरन्तरता आवश्यक पर्ने बताइन् ।

कार्कीले नेपालले क्रिकेटमा सफलता पाउनुको पछाडि खेलाडीहरूको अथक मेहनत र लगनशिलता रहेको उल्लेख गरिन् । अब सरकारले पनि यो क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारमा ध्यान दिन आवश्यक रहेको कार्कीको भनाइ थियो ।

नेपालमा क्रिकेटमार्फतबाट खेल पर्यटनको विकास गर्न सक्ने प्रचुर सम्भावना रहँदा रहँदै पोखरा जस्तो पर्यटकीय सहरमा सुविधा सम्पन्न प्यारापिटसहितको मैदान बन्न नसक्नु दुःखद् पक्ष रहेको उनले बताइन् ।

कार्कीले पोखरामा क्रिकेट रंगशाला निर्माणका लागि सरोकारवालाले यसतर्फ गम्भीर भएर लाग्न आवश्यक रहेको बताइन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button