कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अध्यक्ष कप भलिवल प्रतियोगिता हुने

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता गर्ने भएको छ ।

माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता आगामी पुस २६ देखि २८ गतेसम्म चल्नेछ ।

“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ माछापुच्छ्रे गाउँपालिका वडा न. ३ कार्यालय घाचोकको समन्वय र भलिबल सघ माछापुच्छ्रेकोे व्यवस्थापनमा माछापुच्छ्रे-३, घाचोक मेधराज माविको प्राङ्गणमा प्रतियोगिता हुनेछ ।

युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएका गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् ।

खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले ९ लाख विनियोजन गरेको र गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका ८५ वटै पालिकाबाट खेलाडीहरुको सहभागिता रहने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपिकृष्ण अर्यालले बताए ।

गाउँपालिका सामाजिक विकास समिति संयोजक हरिबहादुर क्षेत्रीले खेल अवधिका लागि आयोजकले सहभागी खेलाडीहरुको बीमा गर्ने उल्लेख गरे ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने माछापुच्छ्रे भलिबल सघंका अध्यक्ष राम पुनले जानकारी दिए ।

यस्तै, सेमिफाइनलमा उपविजेता (२ टिम) लाई रु ५०/५० हजार नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, मिडल ब्लकर ,डिफेन्डर, सेटर, सर्भर खेलाडीलाई नगद रु ७/७ हजार प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ । टिम दर्ता शुल्क नगद रु ५ हजार रुपैयाँ रहेको छ ।

पुस २३ गते दिनको ४ बजे भित्र टिम दर्ता गरिसक्नुपर्ने र २५ गते खेल तालिका सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button