पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ गणेशटोलस्थित फेवा पब्लिक स्कूलले आयोजना गरेको खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
बिहीबारदेखि सुरु भएको प्रतियोगितामा अन्तर सदनात्मक र कक्षागतरुपमा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
कक्षा प्रि-नर्सरीदेखि युकेजीसम्मका विद्यार्थीहरुका लागि बेलुन फुटाउने, मिठाइ दौड लगायतका खेल समावेश गरिएको थियो ।
यस्तै, कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका लागि कुर्सी दौड, रस्साकसी, घैंटो फुटाउने, रिले दौड, आठ मिटर दौड लगायतका खेलहरु समावेश गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख सन्तोष रानाभाटले जानकारी दिए ।
कार्यक्रम शुभारम्भ गर्दै पोखरा महाशाखाका शिक्षा अधिकृत जीवन रेग्मी विद्यार्थीहरुका लागि खेलकुद निकै महत्वपूर्ण हुने बताए । विद्यार्थीको वृत्ति विकास र शिक्षा आर्जनका लागि पनि खेलकुद अपरिहार्य भएको उनले बताए ।
विद्यालयका प्राचार्य अच्यूत पाण्डेले विद्यार्थीको शारीरिक र मानसिक विकासका साथै प्रतिभा प्रस्फुटनका लागि खेलकुद प्रतियोगिता आयोजना गरिएको बताए ।
विद्यालयका सहायक प्राचार्य प्रमोद पाण्डेले विद्यार्थीलाई अनुशासनका लागि खेलकुद आवश्यक रहेको उल्लेख गरे ।
प्रतियोगितामा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख सन्तोष रानाभाट र शैक्षिक विभाग प्रमुख सुमन आचार्यले सहजीकरण गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution