उद्योगपति हरि पाण्डेसँग साक्षात्कार

पोखरा । महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गत व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत व्यवसायिक जीवनमा सफलता प्राप्त गरेका पूर्वमन्त्री एवं उद्योगपति हरि पाण्डेसँग साक्षात्कार गरिएको छ ।

सफल उद्यमीहरूको प्रेरणादायी यात्राका विषयमा अन्तरक्रियात्मक छलफल गर्ने कार्यक्रम उद्यमशिलताको पहिलो श्रृङ्खलामा उद्योगपति पाण्डेसँग साक्षात्कार गरिएको हो ।

कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नवउद्यमीहरुका लागि यस कार्यक्रमले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

व्यवसाय सञ्चालनको प्रक्रिया र सफलताका कसीहरूमा केन्द्रित सरल संवादको श्रृखलाका रूपमा प्रस्तुत यस कार्यक्रमले महानगर क्षेत्रमा रहेका नवउद्यमीहरुलाई सकारात्मक ऊर्जा मिल्ने उनले बताए ।

कार्यक्रम एक सर्जकका रूपमा विचारको सिर्जनाबाट चुनौतीलाई अवसरमा परिणत गर्ने कुशल कलाका प्रतिमूर्ति उद्यमीहरूको अनुभव बिसाउने साझा चौतारीमा रूपमा प्रस्तुत हुँदै जाने विश्वास व्यक्त गरिएको छ ।

साथै युवा उद्यमीहरूको हौसला र उत्साह अभिवृद्धिका लागि यसमार्फत थप मार्गदर्शन प्राप्त हुने अपेक्षा गरिएको छ ।

कार्यक्रको सहजीकरण पत्रकार वासुदेव पौडेलले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button