कास्की मोडनाइज्डमा भलिबल र बास्केटवल प्रतियोगिता

पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ चाउथेस्थित कास्की मोडनाइज्ड एकेडेमीमा अन्तरसदनात्मक बास्केटबल र भलिवल प्रतियोगिता भएको छ ।

२५ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले दुई दिनसम्म विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप, सांस्कृतिक कार्यक्रम तथा खेलकुदका कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत भलिबलमा छात्रतर्फ रातो सदन प्रथम र हरियो सदन द्वितीय भए भने छात्रातर्फ रातो सदन प्रथम र हरियो सदन द्वितीय भए ।

स्तै, बास्केटबलमा छात्रतर्फ सेतो सदन प्रथम र हरियो सदन द्वितीय भए भने छात्रातर्फ रातो सदन प्रथम र सेतो सदन द्वितीय भए । छात्र जुनियरमा भने नीलो सदन प्रथम र रातो सदन द्वितीय भए ।

प्रतियोगिता उद्घाटन गर्दै विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले खेलकुदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याति कमाउन सकेकोले राम्रो खेल खेल्ने विद्यार्थीको भविष्य समेत खेलवाट नै सुनिश्चित हुने बताए । उनले खेलाडीले अनुशासनको दायराभित्र रहेर राम्रो खेल प्रस्तुत गर्नुपर्ने बताए ।

भलिबल खेल नेपाल जुनिएर यवा रेडक्रस सर्कल कास्की मोर्डनाइज्डले आयोजना गरेको थियो भने बास्केटबल विद्यालय स्वयंले गरेको हो ।

कार्यक्रममा अतिरिक्त क्रियाकलाप प्रमुख ईश्वर आले, शिक्षक शिवु ढकाल, मिलन तिमिल्सिनालगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button