पोखराको सेतीमा माछा मार्नेक्रममा ढुंगाले लागेर एक युवकको मृत्यु

  • पोखरा न्यूज
  • २०८० मंसिर २९
पोखराको सेतीमा माछा मार्नेक्रममा ढुंगाले लागेर एक युवकको मृत्यु

पोखरा । पोखराको सेतीनदीमा माछा मार्न गएका एक युवकलाई भिरबाट खसेको ढुंगाले लागेर ज्यान गएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ९ का २५ वर्षका सुनिल श्रेष्ठ रहेका छन् ।

सेती नदीको तुलसीघाटको भिरमुनि बसेर माछा मार्न लाग्दा माथिबाट ढुंगा खसेर श्रेष्ठलाई लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार दिउँसो सवा ४ बजेतिर माथिबाट खसेको ढुंगाले लागेर श्रेष्ठ गम्भीर भएका थिए ।

त्यहाँ वरपर रहेका व्यक्तिले घटनाबारे खबर गरेपछि प्रहरी पुगेर उनलाई उद्धार गरि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा साँझ करिब ६ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस