पोखराकी एक महिला मुस्ताङ प्रहरीको फन्दामा

  • पोखरा न्यूज
  • २०८० मंसिर ३०
पोखराकी एक महिला मुस्ताङ प्रहरीको फन्दामा

पोखरा । जिल्ला प्रहरी कार्यालय मुस्ताङले पोखराकी एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नंं २३ की ४४ वर्षकी पवित्र गुरुङरहेकी छन् ।

श्रीमानसँग मिलेर सरकारी कागजात किर्ते गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको श्रीमान भने फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) भोजराज पाण्डेका अनुसार मुस्ताङ प्रहरीको आग्रहमा कास्की प्रहरीको सहयोगमा गुरुङलाई पोखरा विमानस्थलबाट पक्राउ गरिएको हाे।

उनलाई बिहीबार पोखराबाट मुस्ताङ पठाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस