पोखरा-२८ मा स्याङ्खुदी टोल विकास संस्था गठन, अध्यक्षमा भुर्तेल

पोखरा । पोखरा महानगरपालिका वडा नं. २८ मा स्याङ्खुदी टोल विकास संस्थाको गठन भएको छ । शनिबार सम्पन्न भेलाले टोल विकास संस्था गठन गर्दै अध्यक्षमा भोजराज भुर्तेललाई चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा हरि बास्तोला, सचिवमा प्रकाश भुजेल, कोषाध्यक्षमा जानुका कंडेल, सह-सचिवमा शान्ति बुढाथोकी चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा रणबहादुर शाही ‘सिद्धान्त’ पुष्पराज कंडेल, सोमलाल बाँस्तोला, सीता बाँस्तोला, शारदा बास्तोला र बबिता परियार छन् ।

भेलाले संस्थाको सल्लाहकारमा कालीदास भुर्तेल, टिकाराम लामिछाने, नारायण लामिछाने, चन्द्रकान्त तिवारी, कलावती भुर्तेललाई सल्लाहाकारमा चयन गरेको छ ।

यसअघि कार्यक्रम उ्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले वडामा नमुना टोलकोरुपमा काम गर्न आग्रह गर्दै आवश्यक सहयोग वडाबाट रहने प्रतिवद्धता जनाए ।

विकास संस्थाका अध्यक्ष भुर्तेलले स्याङ्खुदीको विकासमा सधैँ अग्रसर भएर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले आफ्नो ठाउँको आर्थिक, राजनीतिक, सामाजिक काममा संस्थाले काम गर्ने बताए ।

अग्रज समाजसेवी कालिदास भुर्तेलको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन संस्थाका कार्यसमिति सदस्य सिद्धान्त शाहीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button