पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ स्थित कोपिला बालगृहले शनिबार सामाजिक लेखाजोखा कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रम शुभारम्भ गर्दै राष्ट्रिय बाल अधिकार परिषद् गण्डकीका समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले बालबालिकाको संरक्षण गर्ने दायित्व राज्यको भए पनि गैह्रसरकारी संस्थाहरु राज्यको सर्पोटिङ संस्थाका रुपमा रहेको बताए ।
गैह्रसरकारी संस्थाले गरेको कामलाई पनि सरकारले गरेकै कामका रुपमा बुझिदिन उनले आग्रह गरे । उनले भने, ‘बालबालिकालाई संरक्षण गर्ने दायित्व राज्यको हो । त्यसमा सरकारले नसकेको अवस्थामा गैह्रसरकारी संस्थाहरु राज्यका सर्पोटिङ संस्थाहरु हुन् । हामी राज्यभन्दा बाहिर होइनौं ।’
राज्यले काम गर्ने अनुमति दिएर काम गरिरहेको हुनाले संघसंस्थाहरुले राज्यलाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
गैह्रसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डा. बुद्धिबहादुर थापाले नेपाल विकासोन्मुख राष्ट्रबाट विकासशिल राष्ट्रमा घोषित भएपछि संघसंस्थालाई आउने दातृ निकायको सहयोग जोखिममा पर्ने भन्दै चिन्ता व्यक्त गरे । उनले यसको दिगोपनाका लागि सरकारको उपस्थिति देखिने गरि नीति आएमा केही राहत हुने दावी गरे ।
उनले कास्कीमा ५ हजार बढी संघसंस्था दर्ता भए पनि अहिले दुई सयको हाराहारीमा सञ्चालनमा रहेको र आफूहरुसँग १५७ वटा संस्थाहरु आवद्ध रहेको जानकारी दिए ।
बाल गृह सञ्जाल पोखराका अध्यक्ष मोहनप्रसाद त्रिपाठीले बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलापहरुमा पनि सहभागी गराउन आग्रह गरे ।
कार्यक्रममा बाल हेल्पलाइन सिविन नेपालका शंकर नेपाली, सरस्वती टिका मावि पोखरा-३३ का प्रधानाध्यापक सूर्यराज अधिकारी, चापापानी टोल विकास संस्थाका अध्यक्ष प्रेमराज कार्की, शीतलादेवी आमा समूहका अध्यक्ष गंगादेवी कार्की, स्थानीय मिनकाजी कार्की, विद्यार्थी शर्मिला श्रेष्ठ लगायतले बोलेका थिए ।
२०६३ सालमा स्थापना भएको बालगृहमा आवासीय र छात्रवृत्तितर्फ गरि ७८ जना बालबालिकाले सेवा लिएका छन् । यस्तै, २६ जना बालबालिका पुनःस्थापित भइसकेको बाल गृहकी निर्देशक रमिला श्रेष्ठले जानकारी दिइन् ।
संस्थाका अध्यक्ष भूपालजंग कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार दीपेन्द्र श्रेष्ठले सामाजिक लेखाजोखा सम्बन्धी प्रस्तुति र सञ्चालन सचिव सुरजित सेन ठकुरीले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution