
पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ स्थित शान्तिपाटन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा तेजबहादुर भट्टराई निर्वाचित भएका छन् ।
सहकारीको १३औं साधारणसभा तथा पाँचौं अधिवेशनले भट्टराईलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा कल्पना पहारी, सचिवमा मिरा पौडेल, कोषाध्यक्षमा कमला पहारी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा बद्रीनाथ आचार्य, निर्मल बराल, महेश कुवँर निर्वाचित भएका छन् । लेखा संयोजकमा तारा आचार्य चयन भएकी छन् ।
२०६४ सालमा स्थापित सहकारीमा २३२ सेयर सदस्य आवद्ध छन् ।





