भूकम्पपीडितलाई सघाउन पोखरामा रोटरी कार्निभल हुने

पोखरा । पोखराको फेवाताल किनारमा रोटरी कार्निभल-२०२३ हुने भएको छ ।

पुस ७ मा हुने कार्यक्रमको तयारीमा रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गतका पोखरामा रहेका ९ वटै क्लवहरु जुटेका छन् ।

कार्यक्रमबाट करिब ४ लाख रुपैयाँ बचत गर्ने आयोजकको लक्ष्य छ । उक्त रकम जाजरकोट भूकम्पपीडितका लागि सहयोग गरिने रोटरी कार्निभलका परिकल्पनाकार सुभास सिग्देलले जानकारी दिए ।

उनका अनुसार पोखराको पर्यटन प्रवर्द्धनसहित लोकसंस्कृतिको जगेर्नाका लागि रोटरी कार्निभल महत्वपूर्ण हुनेछ ।

रोटरी डिष्ट्रिक्ट ३२९२ का मेम्बरसिप कमिटी चेयरपर्सनसमेत रहेका सिग्देलले भने, ‘यसपालि सबै रोटरी क्लबहरु सामाजिक कार्यका लागि हातेमालो गरेका हौं । आगामी दिनमा पनि सामाजिक कार्य केन्द्रित गरी कार्निभललाई निरन्तरता दिनेछौं ।’

कार्यक्रममा यस क्षेत्रमा बाहुल्य गुरुङ, नेवार लगायत समुदायको नाच तथा विविध संस्कृतिसमेत प्रस्तुत हुनेछ ।

त्यहाँका करिब १० रेष्टुरेन्टले विभिन्न प्रकारका खानाका परिकार पस्किनेछन् । प्रवेशका लागि प्रतिव्यक्ति १ हजार लाग्नेछ ।
तर उक्त रकम बराबरको खानाको परिकार रोजेको रेष्टुरेन्टबाट खान पाइने व्यवस्था मिलाइएको छ ।

मार्किङ गरिएका रेष्टुरेन्टलाई दिइने छुटवापतको रकम नै बचत हुने कार्यक्रम संयोजक एवं रोटरी न्यूरोड पोखराका अध्यक्ष रामविक्रम अधिकारीको विश्वास छ ।

कार्निभल रोटरीको सार्वजनिक छवि बढाउन, पोखराको पर्यटन प्रवद्र्धन तथा संस्कृतिको संरक्षणमा महत्वपूर्ण हुने अधिकारीको विश्वास छ ।

कानिर्भलमा ८ सयदेखि ९ सय मानिसको सहभागिता हुने अनुमान छ । उक्त दिनको कार्यक्रम दिउँसोदेखि सुरु भइ राति साढे १० बजेसम्म चल्नेछ ।

पोखरामा रोटरी क्लव अफ पोखरासहित रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत न्यूरोड, लेकसाइड, मिडटाउन, फिस्टेल, अन्नपूर्ण, लेखनाथ, प्याराडाइज र गण्डकी क्लव सञ्चालित छन् । यिनै क्लवका मातहत रहेर महिलाहरुले प्रतिनिधित्व गर्नेगरि इनरह्वील क्लव पनि सक्रिय छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button