लिटल फ्लावरमा पुरस्कार वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीमा पुरस्कार वितरण सम्पन्न भएको छ ।

खेलकुद अन्तर्गतका विभिन्न दुरीका दौड, रिले, भलिवल, फुटवल, बेलुन फुटाई, तातो आलु लगायतका खेलमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा प्रिन्सिपल विकल पौडेलले विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि बढाउने उद्देश्यले वार्षिक कार्यक्रम अन्तर्गत स्पोर्टस् सञ्चालन गरिएको र खेलकुद हारजितका लागि भन्दा पनि विद्यार्थीको सर्वाङ्गिण विकासका लागि आवश्यक पर्ने बताए ।

यसै शैक्षिक सत्रका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै विजयी विद्यार्थीहरुलाई विद्यालयका इञ्चार्ज रामप्रसाद अभिकारी, कक्षा ११, १२ का संयोजक बिष्णुहरि पौडेल, मावि इञ्चार्ज रामकृष्ण आचार्य, प्रावि इञ्चार्ज हेमा पुन लगायतले विद्यार्थीलाई मेडल प्रदान गरेका थिए ।

कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपाने, सहसंयोजक लक्ष्मी गुरुङले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button