आज राष्ट्रिय झण्डा दिवस

पोखरा । आज पुस १ गते विभिन्न कार्यक्रम गरी छैठौं राष्ट्रिय झण्डा दिवस मनाइँदैछ ।

नेपालमा २०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ । २०१९ पुस १ गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्रसंघमा अंगीकृत गरिएको थियो ।

सोही दिनको सम्झनामा नेपालमा २०७५ पुस १ गतेदेखि दिवसको रूपमा मनाउँदै आएको छ ।

‘राष्ट्र, राष्ट्रियता, स्वाधीनता, अन्तर्राष्ट्रिय पहिचान’ मूल नारासहति दिवस मनाइएको हो ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाउँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button