पोखरामा लागूऔषधसहित दुई युवक पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन रत्न नगरपालिका वडा नं. ९ घर भइ हाल पोखराको जरेबर बस्दै आएका वर्ष २७ का सन्दीप श्रेष्ठ र ड्यामसाइड बस्ने २१ वर्षका विजन सापकोटा रहेका छन् ।

उनीहरुको साथबाट गाँजाको धुलो जस्तो देखिने (पोल्यान) १ किलो र ब्राउन सुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरु विरुद्ध लागूऔषधसम्बन्धी मुद्धामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button