पोखरामा लागूऔषधसहित खाजाघर सञ्चालक पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक खाजाघरका सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.१० रंगशाला गेट अगाडि रहेको खाजा घरकी सञ्चालक वर्ष ४९ की देवीमाया गुरुङ रहेकी छन् ।

खाजा घरबाट लागूऔषध कारोबार.भइरहेको भन्दै सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरिएको हो ।

खाजाघरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको लागूऔषध गाँजाजस्तो देखिने पदार्थ १ किलो २८० ग्राम र नगद ८७ हजार ४ सय ३५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी गुरुङविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button