पाँच लाख घूससहित वडाध्यक्ष पक्राउ

बारा । जितपुर सिमरा उपमहानगर–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ । कार्की रु पाँच लाख घूससहित आज पक्राउ परेका हुन् ।

वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ । पक्राउ परेका वडाअध्यक्ष कार्की नेकपा (एमाले) पार्टीबाट निर्वाचित भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button