
पोखरा । कास्की प्रहरीले स्कूटर चोरीमा संलग्नहरु पक्राउ गर्नेक्रम तीव्र भइरहेका बेला मोटरसाइकल पनि चोरी भएको छ ।
पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जिएमसी) को गेटबाट गएराति मोटरसाइकल चोरी भएको हो ।
कास्कीको मादी गाउँपालिका वडा नं. ५ चित्रेका कुशल जिसीको ग२०प ७४५२ नम्बरको २०० सिसिको पल्सर मोटरसाइकल गएराति चोरी भएको हो ।

आइतबार राति ९ बजे अस्पतालको नयाँबजारपट्टिको सडक किनारमा पार्किङमा राखेको उक्त मोटरसाइकल आज बिहान ७ बजे हेर्दा चोरी भएको पाइएको हो ।
जिसीले मोटरसाइकल हराएपछि खोजीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका छन् ।





