
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनामा ५५ जना फरार अभियुक्त पक्राउ गरेको छ ।
विभिन्न समयमा मुद्दा दर्ता भई दोषी करार भएका उनीहरूलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
मंसिर महिनाभरिमा कास्कीमै मुद्दा दर्ता भएर फरार भएका ४४ जना र अन्यत्र मुद्दा दर्ता भएर कास्कीमा समातिएका ११ जना छन् ।
कास्कीमा मुद्दा दर्ता भएका मध्ये २९ जना पुरुष र १५ जना महिला छन् ।
यस्तै, अन्यत्र मुद्दा दर्ता भएका मध्ये ८ जना पुरुष र ३ जना महिला पक्राउ परेका बताइएको छ ।
कास्कीमा मुद्दा दर्ता भएकाहरू सबै बैंकिङ कसुरका दोषी हुन् ।
अन्यत्र जिल्लामा मुद्दा दर्ता भएकाहरूमध्ये ५ जना बैंकिङ कसुर, २ जना सरकारी छाप किर्ते गर्ने, २ जना ठगी मुद्दा तथा आपराधिक विश्वासघात र साइवर अपराधमा १/१ जना छन् ।
अन्यत्र मुद्दा दर्ता भएकाहरूलाई सम्बन्धित जिल्लामा नै पठाइएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
पछिल्लो समय बैंकिङ कसुर बढेको छ ।





