पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ स्थित अभियान युवा क्लवको अध्यक्षमा कृष्णबहादुर थापा निर्वाचित भएका छन् । क्लवको १४औं साधारणसभा तथा पाँचौ अधिवेशनले थापालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
क्लवको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र खत्री, उपाध्यक्षमा सरस्वती गिरी, सचिवमा मुक्त गिरी, कोषाध्यक्षमा जीवन आचार्य, सहसचिवमा द्रवेश बोहरा, सहकोषाध्यक्षमा अमृत गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै क्लवको कार्यसमिति सदस्यमा जय गुरुङ, अशोक थापा, समिता अधिकारी र सिर्जना श्रेष्ठ निर्वाचित भएका छन् ।
कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले मानिसलाई सामाजिक बनाउन क्लव र आमा समूह जस्ता संघसंस्थाहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
वडा-५ मा कुनै पनि सामाजिक तथा विकासका कार्यमा हातेमालो गर्दै अघि बढ्न वडा कार्यालय सदैब तयार रहेको भन्दै उनले वडाभित्र विकासको कार्य अघि बढिरहेको स्पष्ट पारे ।
कार्यक्रममा बाराही माविका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, नारी जागरण अभियानकी संयोजक अञ्जु केसी, अभियान युवा क्लवका पूर्वअध्यक्ष बसन्त गिरी, सूर्यचन्द्र विकास समाजका महासचिव हेमराज भण्डारी, क्लवका संस्थापक सल्लाहकार उज्वल खत्री, अभियान महिला समूहकी उपाध्यक्ष टिका केसी लगायतले बोलेका थिए ।
सभामा क्लवले भलिवल प्रशिक्षक रमेश कुमार श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरेको छ । साथै अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
क्लवका अध्यक्ष राजु गिरीको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष मोहन बहादुर केसीले स्वागत र कार्यक्रम सञ्चालन सचिव मुक्त गिरीले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution