लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले सहकारीमा चोरी गर्न पसेका युवकलाई रंगेहात पक्राउ गरेको छ ।
सुन्दरबजार नगरपालिका वडा नं. ७ स्थित एभरेष्ट बचत तथा ऋण सहकारी संस्थामा आइतबार राति करिब १२ बजे चोरी गर्न पसेका युवकलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए ।
पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका वडा नं. ७ घर भइ हाल सुन्दरबजार बस्दै आएका २८ वर्षीय रमेश प्रजा रहेका छन् ।
प्रहरीका अनुसार सहकारीमा रातिको समयमा चोर प्रवेश गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय सुन्दरबजारबाट खटिएको प्रहरी टोलीले प्रजालाई सहकारीको स्टोर रुममा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका प्रजाको साथबाट प्रहरीले स्कुड्राइभर र रड बरामद गरेको बताइएको छ ।
प्रजाविरुद्ध जिल्ला अदालतबाट चोरी उद्योग कसूरमा सात दिनको म्याद लिएर थप अनुसन्धान भई रहेको प्रहरी निरीक्षक चपाईले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution