पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सुनको सिक्री लुटेर भागेका युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ४ सिद्धार्थचोक बस्ने वर्ष २७ का सुमन परियार रहेका छन् । उनले पोखरा २७ जरुवाका २९ वर्र्षीय हेमन्त पुनको घाँटीबाट सिक्री लुटेका थिए ।
कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार पुस ४ गते राति करिब १२ बजे पोखरा-९ महेन्द्रपुलमा एक युवकको घाँटीमा लगाइरहेको सिक्री सुमनले लुटेर भागेका थिए ।
सिक्री लुटिएको सूचना पाएलगत्तै प्रहरी खटिएर उनलाई पक्राउ गरिएको हो । उनको साथबाट लुटिएको सिक्रीसमेत बरामद भएको छ ।
उनलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी विकले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution