पोखरा । स्याङ्जामा गोरु चराउन गएका एक युवक मृत अवस्थामा भेटिएका छन् ।
बिरूवा गाउँपालिका वडा नं. २ चेप्टे बस्ने बर्ष ३९ का चन्द्रबहादुर राना बिहीबार गोरु चराउन जंगल गएका थिए ।
तर उनी साँझ घर नफर्किएपछि खोजी गर्नेक्रममा आज बिहान ९ बजे सोही ठाउँको मौवाघारी जंगलमा उनी मृत अवस्थामा भेटिएका हुन् ।
उनको मृत्युको कारण खुल्न नसकेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution