पोखरा-६ का वडासदस्य पहारीसहित ४ जना जेल चलान

  • पोखरा न्यूज
  • २०८० पौष ६
पोखरा-६ का वडासदस्य पहारीसहित ४ जना जेल चलान

पोखरा । ठगी आरोप लागेका पोखरा महानगरपालिका वडा नं. ६ का वडासदस्य दीपेन्द्र पहारीसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

उनीहरुमाथि फेवातालको फुटट्रयाकमा फोटोग्राफी गर्ने फोटो ग्राफरहरुसँग रकम ठगी गरेको आरोप छ । कास्की जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

कारागार चलान हुने अन्य तीन लेकसाइडका ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार अप्पे भन्ने अभिषेक बराल छन् ।

पीडित फोटोग्राफरहरुले प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेर ठगी मुद्धा चलाएको थियो ।

प्रहरीले उनीहरुका बारेमा आवश्यक अनुसन्धानपश्चात जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमार्फत जिल्ला अदालत कास्कीमा पेश गरेको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस