रवि लामिछानेलाई खोया प्रहार गर्ने युवक १० दिन प्रहरी हिरासतमै रहने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि मकैको खाया प्रहार गर्ने युवक अझै १० दिन प्रहरी हिरासतमै रहने भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धान गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीबाट शान्ति भंग गरेको कसुरसम्बन्धी मुद्धामा १० दिन हिरासतमा राख्ने अनुमति लिएको जनाएको छ ।

शनिबार अमरसिंहचौर आयोजित खुला सभामा रास्वपा सभापति लामछानेलाई लक्षित गरि लमजुङको राइनास नगरपालिका वडा नंं ८ का सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए ।

राइनासबाट उनको विवरण मगाएर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । राइनास-८ वडाध्यक्ष कृष्णबहादुर रानाभाटले खोया प्रहार गर्ने सन्तोषको परिवारमा अन्य व्यक्ति साथमा नरहेको र उनी राजनीतिक आस्था राख्ने व्यक्ति पनि नभएको बताएका छन् ।

खोइला प्रहारपछि पनि सम्बोधन गरेका अध्यक्ष लामिछानेले आफूलाई आक्रमण गर्न खोज्नेलाई केही पनि कारवाही नगर्न प्रहरी प्रशासनलाई आदेश नै दिएका थिए । उनले भनेका थिए, ‘पूर्व गृहमन्त्रीको हैसियतले कास्की प्रहरीलाई आदेश दिन्छु, उनलाई नथुन्नु, मगमग बसाउने फूलको थुङ्गा दिएर घर पठाईदिनु ।’

रविले यसो भन्नु अघि उनका कार्यकर्ताले ती युवालाई प्रहरी नियन्त्रण मै रहेको बेला पनि हातपात गरेका थिए । प्रहरीले भिडबाट जोगाएर उनलाई नियन्त्रणमा लिएका थियो ।

रविले छोड्न आदेश दिए पनि कास्की प्रहरीले बिना अनुसन्धान उनलाई छुट नदिने भएको छ । उहाँले उजुरी त दिनु भएको छैन्, तर घटना किन र कसरी घट्यो घटाइयो भन्ने कुरा अनुसन्धान गर्नु प्रहरीको दायित्व हो, त्यसैले म्याद थपेर ल्याएका छौं, अनुसन्धान जारी राख्छौँ । कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले भने ।

एसपी थापाका अनुसार उनले आक्रमण गरेको कुरा पनि अस्वीकार गरेका छन् । हान्छु भनेर नहानेको, झुक्किएर खोया मञ्च तिर गएको बयान दिएको थापाले बताए । ‘झट्ट हेर्दा मानसिक स्थिति पनि ठिक नभएको जस्तो देखिन्छ’, उनले भने ।

तर पनि अनुसन्धानलाई पूर्णता दिनका लागि म्याद थपेरै सबै पाटाहरु केलाउने प्रहरीको भनाइ छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने घटना सुनियोजित तवरले घटाइएको हुन सक्ने आशंका गरेका छन् । कास्की प्रहरीको हिरासतमा रहेका रानाभाटलाई भेट्न पुगेका सभापति लामिछानेले यस्तो आशंका गरेका हुन् ।

उनले भने, ‘उनीसँग कनै परिचयपत्र छैन, मोवाइल बोकेका छैनन् । मापसे पनि गरेका छैनन् । आफ्नो परिचय राम्रोसँग भन्दैनन् । म पक्राउ नै पर्छु भन्ने हिसावले उनी कार्यक्रम स्थलमा प्रवेश गरेको देखिन्छ । यो घटना सुनियोजित तवरले नै भएको सहजै अनुमान गर्न सकिन्छ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button