
पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडको सेन्टरपोइन्टमा अनाकी बार सञ्चालनमा आएको छ ।
युवा व्यवसायी सौरभ थापाले उक्त बार सञ्चालनमा ल्याएका छन् ।
अटोमोबाइल, रियलस्टेल, बैंकिङ, सेवा लगायतमा आबद्ध थापाले बार सञ्चालनमा ल्याएका हुन् ।
पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकसहित स्थानीय युवालाई लक्षित गरी बार सञ्चालनमा ल्याइएको थापाले बताए ।
पर्यटन क्षेत्रमा नयाँपनको अनभूति दिने गरी बारमा लगानी गरेको थापा बताउँछन् ।
बारमा करिब २ करोड ५० लाख रुपैयाँ लगानी भएको छ । जसमा थापासहित अन्य युवाले लगानी गरेका छन् ।
१ सय ४० जनाको क्षमता रहेको बारमा २६ जना कर्मचारी कार्यरत छन् ।
हरेक साँझ लाइभ म्युजिक र डिजेको मज्जा लिन सकिनेछ ।
बार बिहान ११ बजेदेखि राति २ बजेसम्म सञ्चालन हुने बताइन्छ ।
बारसँगै खानालाई पनि लक्षित गरी अनुभवी सेफको टिम राखेर किचनलाई व्यवस्थित गरिएको छ ।
बारको ट्रेन्डमा पनि नयाँ पन दिने गरी अगाडि बढेको सञ्चालक थापा बताउँछन् ।
बारमा ओपन गार्डेनसहित डिस्को थेक एरियाको पनि सुविधा छ ।





