पोखरा प्रस्याङ कार दुर्घटना अपडेट : फरार चालक प्रहरी सम्पर्कमा

पोखरा । पोखराको प्रस्याङमा सवारी दुर्घटनापछि फरार भएका कार चालक प्रहरीको सम्पर्कमा आएका छन् ।

मंगलबार राति ९ः३० बजे चालक आफै वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. २ खादरजुङ्गका बर्ष ३२ का भक्तराम गुरुङ प्रहरी सम्पर्कमा आएका हुन् ।

बा१३च ३७२१ नम्वरको कारले ठक्कर दिँदा दुई पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ६ का अन्दाजी २० वर्षका ढालेन्द्र छन्त्याल रहेका छन् । अर्का एक जनाको पहिचान खुल्न सकेको छैन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button