राष्ट्रपति पौडेल आज बागलुङ आउने

पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ आउने भएका छन् ।

गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति आज बागलुङ आउने भएका हुन् ।

महोत्सवको राष्ट्रपतिले उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ ।

त्यस अवसरमा उनले बागलुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्ने छन् भने शालिग्राम संग्राहलयको अवलोकन गर्ने कार्यक्रम पनि रहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठले जानकारी दिए ।

उनी आजै काठमाडौं फर्किने कार्यक्रम छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button