कुश्माका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ

पोखरा । पर्वको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् ।

आज दिउसो करिब १ बजे उनलाई कुश्मा नगरपालिकाको कार्यालयबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

पराजुलीलाई पोखरा ल्याएर अनुसन्धान र आवश्यक कार्वाही प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराका पूर्वरजिष्ट्रारसमेत रहेका पराजुलीले पोखरास्थित मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न भन्दै सहकारीको १ करोड ५ लाख रुपैयाँ घुस लिएको आरोप छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएको थियो । पराजुली सहसचिवको परीक्षा दिन जाने भन्दै पुस ३ गतेदेखि कार्यालयबाट बिदा लिएका थिए । त्यसपछि सम्पर्कविहीन भएका थिए ।

कार्यालयका अनुसार उनले पुस ८ गतेसम्मका लागि बिदा लिएका थिए । उनले कार्यालयका कर्मचारी समक्ष पुस १० गते कार्यालय आइपुग्छु भनेका थिए । १० गते बिदाको दिन परेकाले हिजो कार्यालय पुगेका थिए । कार्यालय पुगेको केही समयमै उनी पक्राउ परेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button