बास्तोला कुल सेवा समिति कास्कीमा राजेन्द्र, पोखरामा दयाराम

पोखरा । बास्तोला कुल सेवा समिति कास्कीको अध्यक्षमा राजेन्द्रप्रसाद बास्तोला चयन भएका छन् । बास्तोला बन्धुहरुको कुल पूजाको अवसरमा आयोजित अधिवेशनले राजेन्द्रलाई अध्यक्षमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हरिप्रसाद बास्तोला, सचिवमा लक्ष्मी बास्तोला, कोषाध्यक्षमा दयासागर बास्तोला चयन भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरू कृष्णप्रसाद बास्तोला, गोविन्दराज बास्तोला, हरिप्रसाद बास्तोला, चिन्तामणि बास्तोला, लक्ष्मण बास्तोला र चन्द्रमा बास्तोला छन् ।

यसैगरी दयाराम बास्तोलाको अध्यक्षतामा पोखरा महानगर समिति गठन गरिएको छ । समितिको उपाध्यक्ष गोविन्दराज बास्तोला, सचिव कृष्णप्रसाद बास्तोला, कोषाध्यक्ष जनार्दन बास्तोला छन् ।

सदस्यहरु नारायणि बास्तोला, बबिता बास्तोला, मीलन बास्तोला, मधु बास्तोला, मुकुन्दहरि बास्तोला, कविराज बास्तोला तथा सुशीला बास्तोला चयन भए ।

प्रदेश सचिव ईश्वरीप्रसाद बास्तोलाको संयोजकत्वमा ई. दीपेन्द्र बास्तोला तथा ई. महेन्द्र बास्तोला सदस्य रहेको निर्वाचन समितिले दुवै संस्थाको कार्यसमिति चयन गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button