पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसले बुधबार नवआगन्तुक विद्यार्थीको स्वागत कार्यक्रमको आयोजना गर्यो ।
क्याम्पसको कल्याणकारी समितिले एक कार्यक्रम आयोजना गरि क्याम्पसको स्नातक तह पहिलो वर्षमा अध्ययनका लागि भर्ना भएका विद्यार्थीको स्वागत गरेको हो ।
कार्यक्रम शुभारम्भ गर्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष किरण केसीले कालिका बहुमुखी क्याम्पसले गुणस्तरीय शिक्षामा उत्कृष्ट योगदान दिएको भन्दै विद्यार्थीहरु अनुशासित र परिश्रमी बन्नुपर्नेमा जोड दिए ।
क्याम्पस प्रमुख विरन्जी गौतमले क्याम्पसको भविष्य विद्यार्थीको प्रगतिसँग जोडिएको भन्दै विद्यार्थीहरु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने तरिकाले पढ्नुपर्नेमा जोड दिए ।
नवआगन्तुक विद्यार्थीको स्वागतमा आयोजित नृत्यमा कक्षा ११ काे शिक्षा संकायमा अध्ययनरत स्वस्तिका दर्जीको समूहले प्रथम स्थान हासिल गरेको छ ।
नृत्यमा सञ्जु घतानेको समूह दोश्रो, नेहा गुरुङको समूह तेश्रो र अनिष मगरको समूहले सान्त्वना स्थान हासिल गरेको सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले जानकारी दिए ।
विद्यार्थी कल्याणकारी समितिकी अध्यक्ष सपना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोशन केसीले स्वागत गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेको सहायक क्याम्पस प्रमुख युवराज गुरुङले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution