
पोखरा । नेपाल फिजिकल ट्रेनिङ एसोसियसनको केन्द्रीय अध्यक्षमा गोपाल राई निर्वाचित भएका छन् ।
पोखरामा भएको नेपाल फिजिकल ट्रेनिङ एसोसियसन केन्द्रीय समितिको पाँचौ महाधिवेशनबाट गोपाल राई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।
एसोसियसनको उपाध्यक्षमा टेकबहादुर गुरुङ, सु.मे. शेरबहादुर गुरुङ र अनिल राई निर्वाचित भएका छन् ।
यसैगरी महासचिवमा हिमालय बिक्रम लिम्बु, कोषाध्यक्षमा केहरसिंह गुरुङ र सचिवमा बिमानसिं तामाङ निर्वाचित भएका छन । कार्यसमिति सदस्यहरुमा रिजन तामाङ, दयाराम राई, युवराज गुरुङ, गजबहादुर गुरुङ, निर्भिक सुनुवार र हरि थापा निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका अध्यक्ष एमबि आस्था मगरले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
सो अवसरमा आस्था मगरले नेपाल फिजिकल ट्रेनिङ एसोसियसनको पाँचौ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले संस्थाको हितमा काम गर्नुपर्नेमा जोड दिए ।
नवनिर्वाचित अध्यक्ष गोपाल राईले आफ्नो कार्यकालमा संस्थाले सामाजिक कामलाई निरन्तरता दिँदै संस्थाको हितमा काम गर्ने प्रतिवद्धता जनाए ।
नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान एसोसियसनका निवर्तमान अध्यक्ष मिनबहादुर गुरुङ, संस्थाको संरक्षकहरु पर्वत राई, क्या. रामप्रसाद गुरुङ, यामबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।





